स्वागत गर्न लाइनमा बसेका व्यक्तिले ओलीलाई हाने मुक्का

धनकुटामा स्वागतका लागि लाइनमा बसेका व्यक्तिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात गरेका छन्।

बिहीबार मध्याह्न करिब १२ बजेतिर भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५, लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो।

उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन्। मुक्का हान्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।

उनले ओलीलाई किन मुक्का हाने भन्ने स्पष्ट भइसकेको छैन भने उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर