असई थमन विक हत्या प्रकरणमा एमाले सांसद कोइरीले पाए सफाइ

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका अभियुक्त नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् ।

अर्का अभियुक्त मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरूलाई सफाइ दिने आदेश सुनाएको हो ।

कोइरीलाई आगलागी मुद्दामा पनि जिल्ला अदालतले सफाइ दिएको छ ।

मधेस आन्दोलनका क्रममा असई विकको हत्या भएको थियो ।

असई विक हत्या प्रकरणमा एमाले सांसद कोइरीसहित २८ जनाविरूद्ध २०७५ साल साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीका लागि महोत्तरी आएका असई विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *