चलचित्र ‘दान्वी’ को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘दान्वी’ को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो ।

चलचित्रका निर्देशका रूपेश तामाङ हुन् भने फिल्ममा कथा रविना थापामगरको छ । पटकथा तथा संवाद संजोग रानाको छ ।

फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सहनिर्माताको रूपमा छन् ।

फिल्म ‘दान्वी’ को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पूजा शर्माले ‘दान्वी’ लाई सबैले मन पराउनेमा विश्वस्त रहेको र ‘दान्वी’ लाई सफल बनाइदिन आग्रह गरिन् ।

उनले ‘दान्वी’ एक्सन चलचित्र रहेकाले आगामी दिनमा आफूले एक्सन फिल्मका लागि स्क्रिप्ट तयार गरेको र निर्माण गर्ने इच्छा रहेको बताइन् ।

फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरेका छन् ।

हेर्नुहाेस् टिजर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *