एलपीएल : धनगढी स्पोर्ट्स क्लब सेमिफाइनलमा

धनगढी स्पोर्टस् क्लब धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी स्पोर्ट्स क्लब खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि नै समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् । धनगढी स्पोर्ट्स क्लबले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १९ दशमलव तीन ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले आठ विकेट लिने क्रममा चार ओभरमा १८ रन खर्चिए । त्यस क्रममा कार्कीले इनिङ्सको पन्ध्रौँ ओभरमा तीन विकेट तथा सत्रौँ ओभरमा चार विकेट लिएका थिए ।

खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन बनायो ।

धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए । धमलाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रन योगदान दिए । धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासँग ५४ रनको साझेदारी गरे ।

खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले दुई-दुई विकेट तथा वीरेन्द्र बमले एक विकेट लिए । लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार रूपैयाँ र उपविजेताले एक लाख २८ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर