भूकम्प प्रभावितलाई अख्तियारको ८ लाख रूपैयाँ सहयोग

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट भूकम्पपीडितहरूका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

आयोगले गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७७८ रूपैयाँ जम्मा गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगका पदाधिकारी र कर्मचारीहरूबाट संकलन गरेर सो रकम कोषमा जम्मा गरिएको हो।

यसअघि अख्तिायरले भूकम्प प्रभावितहरूका लागि कर्मचारीले सात दिनको तलब सुविधा सहयोग गर्ने बताएको थियो।

सो भूकम्पले जाजरकोट र रूकुम पश्चिममा मानवीयसहित ठूलो भौतिक क्षति गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर