आजदेखि तीन दिन सत्याग्रह बस्ने डा. गोविन्द केसीको घोषणा

डा. गोविन्द केसीले आजदेखि तीनदिने सत्याग्रह सुरू गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिन सत्याग्रहको घोषणा गरेका हुन् ।

उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह सुरू गर्ने बताए । विगत लामो समयदेखि मुद्दाहरू उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उनको भनाइ छ ।

केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउनुपर्ने र सबै निःशुल्क औषधिहरू सुनिश्चित गर्नुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउनुपर्ने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्नुपर्नेलगायतका माग राखेका छन् ।

यस्तै सय शैय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरू सुरू गर्नुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्नुपर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबण्डा निषेध गर्दै आफूसँग यसअगाडि सम्झौता भएबमोजिमका मापदण्डअनुसार तुरून्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर