शनिबार काठमाडाैंका यी स्थानमा ४ घण्टा विद्युत अवरूद्ध हुने

नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।

टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न ठाउँमा शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले शुक्रबार सूचना निकालेर जनाएको हो।

टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म बिजुली आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।

त्यस्तै ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रवि भवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर