काठमाडौंको चिंकमुगलमा तीन घरमा आगलागी

काठमाडौं महानगरपालिका-२३, चिंकमुगलमा तीनवटा घरमा आगलागी भएको छ।

सो स्थान बस्ने ६५ वर्षीया शान्ति चित्रकारको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ।

साथै सोही स्थानका मदनराज श्रेष्ठ र अच्युतराज श्रेष्ठको घरमा समेत ग्यासको सिलिण्डर विष्फोट भएर आगलागी भएको हो।

आगलगीबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन।

प्रहरीका अनुसार स्थानीयवासी, दमकल र पानी ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। साथै यस सम्बन्धमा अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर