सरकारले मध्यपहाडी लोकमार्ग निर्माणमा हेलचेक्य्राइँ गर्‍याे : उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

शनिबार तेह्रथुममा न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे।

उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको बताए। उनले सरकारले हेलचेक्य्राइँ अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताए।

उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताए। संकल्प यात्रामा पार्टीका कार्यकर्ताभन्दा नागरिकहरू स्वागतका लागि आएको भन्दै उनले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताए।

उनले मध्यपहाडबाट भइरहेको बसाइँसराइ ठूलो चुनौती रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताए। मध्यपहाडको भौगोलिक अवस्थाका आधारमा बस्ती विकास, सहरीकरण, उत्पादन वृद्धि र औद्योगिकीकरणको आधारशिला निर्माण गर्न सके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे।

उपाध्यक्ष पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बूढो हुने बताए। पार्टीको स्थापना मितिले पार्टी बूढो नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर