डडेल्धुरामा आगलागी हुँदा करिब तीन करोडको क्षति

डडेल्धुराको अमरगढी नगरपालिका-५, बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा दुई करोड ८६ लाख रूपैयाँ बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

विद्युत् सर्ट हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको एक करोड २० लाख रूपैयाँ, कैलपाल मेडिकलको ८० लाख रूपैयाँ र शिशिर फेन्सीका ८० लाख रूपैयाँ बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

अमरगढी नगरपालिकाको वारूणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकाममा यस किसिमका आगलागीका घटना भइरहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीन पटक आगलागी भएको छ ।

यसैबीच धनकुटा नगरपालिका-५, कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारूणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर