जगदम्बा मोटर्सले ल्यायो टीभीएसको रोनिन बाइक, कति पर्छ मूल्य ?

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ बाइक रोनिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले उक्त बाइक आइतबार चन्द्रागिरीमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।

टीभीएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न-रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइलका लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुईपांग्रेस र तीनपांग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टीभीएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।

यसै अवसरमा ८ स्थानीय ब्लगर/इन्फ्लुएन्सर/सोसल मिडिया कन्टेन्ट क्रिएटरहरूले टीभीएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठदिने यस सवारी काठमाडौंबाट सुरू भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहालगायत पहाड, हिमाल र तराईका विभिन्न भूभागमा करिब १ हजार ३ सय किलोमिटरको दूरी पार गरी काठमाडौंमा समापन भएको थियो ।

टीभीएस रोनिन, नयाँ युगका राइडरबाट प्रेरित जीवनशैलीको बयान हो । टीभीएस रोनिन स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ, जसले नयाँ पुस्ताका राइडरहरूका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिन्छ । २२५ सीसीको यस मोटरसाइकलको तौल १६० केजी छ भने यसले २०.४ पीएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर-टु-वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी) र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टीभीएस रोनिनले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रोसँग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा सञ्चालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ ।

लन्चबारे बोल्दै प्रिमियम, टीभीएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, ‘टीभीएस रोनिन अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरूका लागि डिजाइन गरिएको हो । आज टीभीएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निक्कै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई यो आधुनिक रेट्रो-मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ टीभीएस मोटरले विश्वभरका दुई र तीनपांग्रे सवारीका चालकहरूका विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ । नेपालमा टीभीएस रोनिनको लन्च गर्नु हाम्रो विश्वव्यापी ग्राहकलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने दिशातर्फ अर्को एउटा कदम हो ।’

त्यसैगरी लन्चबारे टिप्पणी गर्दै पीटी टीभीएस मोटर कम्पनीका अध्यक्ष निर्देशक थंगराजनले भने, ‘नयाँ टिभिएस रोनिनको लन्च नेपालमा टीभीएस मोटरका लागि महत्त्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलका साथ नेपाली बजारमा हामीले बाइकिङ समुदायलाई टीभीएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं । यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ ।’

टीभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएस रोनिन एउटा मोटरसाइकल मात्र नभई एक जीवनशैली हो । हामीलाई विश्वास छ कि यसलेको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्नेछ । टीभीएस रोनिनको यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

टिभीएस रोनिन नेपाली बजारमा टीडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबीएस) मा उपलब्ध हुनेछ । यो देशभरका टीभीएस मोटर आउटलेटहरूमा ४ लाख ४९ हजार ९०० रूपैयाँमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *