बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बाजुरास्थित मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका-२, खडीगाडमा आज बेलुकी ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका-२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका-६ बस्ने ३० वर्षीय ट्र्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्र्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले बताए । लु ४ त ७३०५ नम्बरको ट्र्याक्टर सडकको माथिपिट्ट दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्र्याक्टर खडीगाड खोलामा खसेको थियो ।

लु ४ त ७३०५ ट्र्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ । दुईवटै ट्र्याक्टरमा चार-चार जना सवार रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर