डाटा हराएपछि ४ दिनदेखि राेकियाे ‘एनओसी’को काम, विद्यार्थी आन्दोलित

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन्। विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर (एनओसी) लिन चार दिनदेखि धाउनुपरेको भन्दै उनीहरूले सानोठिमीस्थित शाखामा आइतबार दिनभर नाराबाजी गरेका हुन्।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि ‘सर्भर डाउन’ भएर सेवा अवरुद्ध विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन्।

वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्नासाथ सेवा शुरु हुने भन्दै सूचना टाँस गरेपछि अझै सेवा शुरु भएको छैन।

भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी एनओसी पाउन नसक्दा मारमा परेका छन्। उनीहरूले चार दिनसम्म पनि सर्भर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन्।

डाटा भरिएर सर्भर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराएको र ती सबै ‘डाटा रिकभर’ गर्न समय लागेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर