राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै

नेपाल सरकारले आज (सोमबार) एक दिने शोक मनाउने भएको छ। कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो ।

आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा  कुवेतका अमिरको सम्मानमा आज  शोक मनाइन लागिएकाे हाे। मन्त्रालयका अनुसार साेमवार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर