पोखरामा प्याराग्लाइडिङ उडान बन्द

पोखरामा आन्तरिक विवादका  कारण प्याराग्लाइडिङ उडान बन्द गरिएकाे छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिए ।

उनले प्यारापाइलटले आफूखुसी उडान दर तोक्दा सस्तोमा उडान हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँदै एकद्वार प्रणालीबाट दररेट तोकिनुपर्ने अडान राखेकाले विवाद समाधान भएपछि मात्रै उडान खोलिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर