१५ वर्षमा १२ हजार ७ सय बढी नेपालीले विदेशमा गुमाए ज्यान

डेढ दशकको बिचमा वैदेशिक रोजगारीमा गएका १२ हजार ७८४ जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि अहिलेसम्म १२ हजार ७८४ जना श्रमिकको मृत्यु भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र अङ्गभङ्ग हुने दर बढ्दै गएको पाइएको छ।

सो अवधिमा दुई हजार ८७२ जना बिरामी र अङ्गभङ्ग भई नेपाल फर्किएका छन्। वैदेशिक रोजगारीका लागि नेपाली समाजले महँगो सामाजिक मूल्य पनि चुकाउनु परिरहेको तथ्य यसबाट पुष्टि हुन्छ।

पछिल्लो समयमा आएर कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण समेत मृत्युको घटना बढेको छ। मृत्यु बढ्दै गएपछि मृतकका परिवारले पाउने क्षतिपूर्ति रकम पनि बढ्दै गइरहेको बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यही अवधिमा ८२ खर्ब रुपियाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर