पाँचथरमा भेटिएको शंकास्पद वस्तु सेनाले पार्‍याे निष्क्रिय

पाँचथरमा आइतबार भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

याङवरक गाउँपालिका-३, मुसेपास्थित थर्पु-च्याङथापु सडकखण्डमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको हो।

यस्तै आइतबार नै सेनाले आफ्नो हेलिकोप्टरमार्फत प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरेको छ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ की २१ वर्षीया निशा लिम्बूलाई जटिल प्रसूति समस्या भएपछि हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर