यातायातमन्त्री भन्छन- काठमाडौं उपत्यकाका सडकमा खाल्डाखुल्डी छैनन्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसका अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए।

उनले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अघि बढ्ने हो भने पूर्वाधार विकासका क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए।

उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताए।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *