मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन

काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ।

सोमबार काठमाडौंको कोटेश्वरदेखि मीनभवनसम्म विरोध प्रदर्शन भएको हो।

सो क्रममा प्रदर्शनकर्ताहरू पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलशलगायतका सामग्री प्रदर्शन गरेका थिए।

उनीहरूले ‘मेलम्ची पानी छिटो खोल्’, ‘मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर्’ लगायतका नारासमेत लगाएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर