ईश्वर पोखरेलको प्रश्न- कोशी प्रदेशको नामकरण एमालेले गराएको हो र ?

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् ।

विधि र प्रक्रियासम्मत ढंगले आफैंले प्रदेशको नाम कोशी राखेपछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो ।

आइतबार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालका गतिविधिविकाे एमालेले प्रतिराेध गर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र भनी प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालका भएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबीसमेत गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *