काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम

काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै न्यून भएको छ। आज उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएकाे छ।

यो वर्ष यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो (सोमबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर