नेपाल प्रहरीमा एसपी र डीएसपी बढुवा सिफारिस

नेपाल प्रहरीले आफ्ना एक जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) र एक जना निरीक्षक (इन्स्पेक्टर) लाई डीएसपीमा बढुवा सिफारिस गरेको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस गरेको हो।

प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सूचना प्रविधितर्फ रिक्त एक एसपी पदमा साइबर ब्यूरो, साइबर आतंकवाद अनुसन्धान शाखाका डीएसपी दीपकराज अवस्थी बढुवा सिफारिस भएका हुन्।

यस्तै प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ रिक्त एक डीएसपी पदमा प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका इन्स्पेक्टर शम्भुप्रसाद कोइरी बढुवा सिफारिस भएका हुन्।

हेराैं बढुवा सिफारिस सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *