इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका बलात्कार आरोपीलाई कुवेतबाट पक्राउ गरेर ल्याइयो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा एक जना आरोपीलाई कुवेतबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका काभ्रेपलान्चोकको चौरीदेउराली गाँउपालिका-८ का ३१ वर्षीय उमेश लामालाई पक्राउ गरेर नेपाल ल्याइएको हो।

एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको सीआईबीले जनाएको छ।

लमाविरूद्ध प्रहरी वृत्त जगाती, भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता हुँदा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा थिए।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत असोज ११ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *