जनताले देशको बागडोर एमालेको हातमा सुम्पिन चाहेका छन् : विष्णु पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन्।

पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गनुपर्ने आम जनताको चाहना रहेको आफूहरूले पाएको उपाध्यक्ष पौडेलले बताए।

न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले आम जनताले आफूहरूको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्त्वपूर्ण पुँजीको रूपमा ग्रहण गरेर अघि बढ्ने बताए।

देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राका क्रममा अनुभुति भएको उपाध्यक्ष पौडेलको भनाइ छ।

उनले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरूको असाधारण आकर्षण रहेको पनि बताए।

उपाध्यक्ष पौडेलले एमाले आगामी दिनमा संकल्प यात्राका क्रममा पाएका सबै सुझावहरूलाई सूचीकृत गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *