यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु फेला, कुवेतबाट फर्केकी युवती पक्राउ

संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौं आएको एक विमानको शौचालयमा नवजात शिशु फेला परेको छ।

यूएईको सारजाहबाट बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको उडान नम्बर जी ९ ५३६ नम्बरको विमानको शौचालयमा बेवारिसे नवजात शिशु भेटिएको हो।

विमानको शौचालयको कमोडभित्र लुकाइछिपाइ भर्खर जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो।

विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एयरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए।

प्रहरीले नवजात शिशु फालेको आरोपमा कुवेतबाट फर्केकी २८ वर्षीया धनमाया रानालाई नियन्त्रणमा लिएको छ।

घरेलु कामदारका कुवेत गएर फर्किएकी उनैले ती शिशुलाई जन्म दिएर विमानको शौचालयमा फालेको बताइएको छ।

प्रहरीले राना र शिशुलाई एम्बुलेन्समा राखेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पर्‍याएको छ।

-जनआस्थाको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर