दैनिक हजारौं युवाहरू बिदेसिने क्रमलाई सरकारले तत्काल रोक्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौं नेपाली युवाहरू विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताएका छन्।

बुधबार महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गरेका हुन्।

उनले उद्योगहरूमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौं जनशक्ति बाहिरिएको अवस्था रहेको बताए। उनले दैनिक हजारौं युवाहरू बिदेसिनुको कारण सरकारको कमजोरी रहेको बताए।

उनले नेपालमा चरम बेरोजगारी भए पनि नेपाली उद्योगहरूमा श्रमिकको अभावका कारण भारत र बंगलादेशबाट श्रमिकहरू ल्याएर काम लगाउनुपरेको बताए। उनले सरकारले दक्ष जनशक्तिलाई विदेश जानबाट रोकेर नेपालमा नै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले नेपालका जिम्मेवार निकायहरूले आफ्नो मात्रै कुरा गर्ने तर जनताको पक्षमा काम नगर्ने गरेकाले समस्या आएको बताए। उनले वन मन्त्रालयले वन, भौतिक पूर्वाधारले पूर्वाधार, अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गर्ने गरेकाले धेरै विद्यार्थी र युवाहरू बाहिर जान बाध्य भएको दाबी गरे।

अध्यक्ष ढकालले हजारौं युवाहरूसँगै नेपालको अर्बौं विदेशी मुद्रा बाहिरिएको जिकिर गरे। उनले सरकारले समयमा नै विचार गरेर दैनिक हजारौं नेपाली युवाहरू विदेश जाने क्रमलाई तत्काल करेक्सन गर्न आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर