पूर्वी नवलपरासीमा सिरूघारीमा भेटियो मानव कंकाल

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती-१७, बरौलीस्थित सिरूघारीमा मानव कङ्काल फेला परेको छ । मुस्कान होटलपछाडिको खेतमा रहेको सिरूको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए ।

कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उनले बताए । सो कङ्काल महिला वा पुरूषको हो भन्ने पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले पुरूषको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माको भनाइ थियो ।

फेला परेको कङ्काल हत्या गरेर फालिएको वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन । जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात-आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ । यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो ।

घटनास्थल नजिक रहेको रूखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको हुन सक्ने प्रमरम्भिक अनुसन्धानबाट खुलेको छ । कङ्काल अहिले मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको तथा डीएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर