जनसंख्या र भूगोलका आधारमा विकास हुनुपर्छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइमन्त्री महिन्द्रराय यादवले जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्ने बताएका छन्। नेपाल नगरपालिका सङ्घद्वारा आज आयोजित ‘राष्ट्रिय सहरी सरसफाइ सम्मेलन-२०२३’ मा उनले जनसङ्ख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए।

‘स्थानीय तहमा विकासको बजेट समुचितरुपमा विनियोजन हुनुपर्छ। जनसङ्ख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियाजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ,’ मन्त्री यादवले भने।

सरकारले कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको उल्लेख गरे। सबै क्षेत्रको विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने उनको भनाइ थियो।

मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्ने भन्दै मन्त्री यादवले सङ्घ र स्थानीय सरकारका बीचमा भएका अफ्ठ्यारा तथा कानुनी अवरोध हटाएर अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य भएमा विकास निर्माणमा प्रभावकारी रूपमा काम हुने बताए। सङ्घ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने भन्दै स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउन अब ढिलो गर्न नहुने उनको भनाइ थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर