मन्त्री किरातीविरूद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

राष्ट्रिय एकता अभियान नेपालले अभियानका वरिष्ठ नेता बीपी यादवको नेतृत्वमा शुक्रबार तीनकुनेमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले क्रिश्चियन अतिवाद र चिनियाँ विस्तारवादलाई बढावा दिएको आरोप लगाउँदै संस्कृतिमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, राष्ट्रिय एकता अभियान युवा विभागका संयोजक दिवस पटेल, धीरज गिरी, अभियानका मधेस संपर्क समितिका संयोजक विनोद सिंह, मनोज सिंह, जयनारायण यादवलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीले ‘क्रिश्चियन अतिवाद मुर्दावाद’, ‘चिनियाँ दलाली बन्द गर्’, ‘किरात धर्मको रक्षा गर्,’ ‘किरातहरूको धर्म परिवर्तन बन्द गर्’ जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय एकता अभियानले मन्त्री किरातीले आफ्नो कार्यकालमा नेपालमा क्रिश्चियन धर्मको प्रचारप्रसार गरेको र चीनको हितमा राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । सरकारले आफ्ना मागमा ध्यान नदिए आन्दोलनलाई सशक्त बनाउने चेतावनीसमेत अभियानले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर