राष्ट्र संकटमा उभिएको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।

शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे।

उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कंग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरूरी रहेको बताए। उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए।

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिवद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *