शंखमुलको उजामा क्याफेमा माथिल्लो डोल्पाका तस्वीर प्रदर्शनी (फोटो फिचर)

डोल्पाका फोटोग्राफर राहुल गुप्ताले खिचेको माथिल्लो डोल्पाका तस्वीरहरु काठमाडौंमा प्रदर्शन भइरहेको छ । शंखमूलकाे उजामा क्याफेमा गुप्ताले अपर डोल्पामा खिचेका उत्कृष्ट तस्वीरहरु प्रदर्शनीका लागि राखिएको छ । प्रदर्शनमा गुप्ताले ४ जेठमा खिचेको तीन वटा हिमचितुवाको तस्वीर पनि राखिएको छ ।
‘एउटै फ्रेममा तीन वटा हिमचितुवालाई कैद गर्नसक्नु एकदमै दुर्लभ कुरा हो, त्यो अवसर मैले पाएँ’ गुप्ताले भने, ‘मेरो घर दुनै भएकाले मलाई हिमचितुवाबारे रुचि पनि थियो र यससम्बन्धी रिसर्च समेत गरिरहेको थिएँ ।’
त्यहीबीच जेठमा माथिल्लो डोल्पा गएका बेला दुर्लभ तस्वीर खिच्न सम्भव भएको उनले बताए । यो तस्वीर उनले ४ हजार २ सय मिटर उचाइमा खिचेका हुन् । ‘प्रदर्शनीमा भएका सबै तस्वीर ४ हजार मिटरभन्दा माथि उचाइका छन्’ प्रदर्शनी आयोजकमध्येका गोकुल जोशीले भने, ‘तिञ्जे, साल्दाङ, घोतराप, ताक्सी, ज्याङ्लापास लगायतका क्षेत्रका दुर्लभ तस्वीरहरु प्रदर्शनी स्थलमा विक्रीका लागि समेत राखिएको छ ।’
प्रदर्शनीमा माथिल्लो डोल्पाको स्थानीय संस्कृति र रीतिरिवाज झल्काउने तस्वीरहरु पनि राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *