शौर्य सिमेन्टको आयोजनामा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

शौर्य सिमेन्टको आयोजना र विजय-लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘मिथिला चित्रकला मधेसक सान, एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ सुरू गरिएको यो प्रतियोगिता तेस्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तीन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरूदयाल सिंहको अध्यक्षता र मधेस प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उतm कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, साहित्यकार राजेन्द्र विमल, लोक कोकिला रशिम रानीसहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिला चित्रकार रूबी कर्ण, दोस्रो हुनेमा महोत्तरीकी नेहा कुमारी, तेस्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार रूपैयाँ, दोस्रो हुनेलाई नगद ५० हजार रूपैयाँ र तेस्रो हुनेलाई नगद २५ हजार रूपैयाँ साथै बाँकी १२ जनालाई सान्तवना पुरस्कार नगद ११ हजार रूपैयाँसहित सम्मा पत्र प्रदान गरिएको थियो । तेस्रोत चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए ।

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुजकुमार महतले स्वागत मन्तव्य राखेका थिए साथै यस कार्यक्रमको उद्घोषण सन्तोषलाल दासले गरेका थिए । उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार श्यामसुन्दर यादव, सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *