घाँस काट्न गएका सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

नवलपुरमा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ ।

घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

गाउँले र प्रहरीको सहयोगमा राती खोजी गर्ने क्रममा उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *