नेपालमा डिजिटलाइजेसनको विकल्प छैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्स्व समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृतिहरू हटाउने र अरू खालका विकृतिहरू हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेसनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे ।

नेपालमा डिजिटलाइजेसन प्रणालीको बिस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए । आम नागरिकहरू पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने बताए ।

उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए ।

गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरू मुलुकले झैं समग्र अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर