बिहीबारदेखि भृकुटीमण्डपमा घरजग्गा मेला, साढे दुई अर्बको कारोबार हुने अनुमान

काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । बिहीबार (पुस १२ गते) बाट १५ गतेसम्म घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्यान्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदूर धमलाले बताए ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टील, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनले अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए ।

हरेक नागरिकहरूका लागि यो मेला महत्त्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबाबारे चासो राख्न सकिने उनले बताए । उनले यस वर्ष २ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए ।

कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला सुरू हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरूले गर्ने आयोजकले आकलन गरेको छ । उनले मेलाका लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर