प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोशी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍याे । कोशीको जितमा काजोल श्रेष्ठ र कप्तान रूबिना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजोलले ४८ बलमा आठ चौकाको मद्दतमा ५४ रन बनाइन् भने रूबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रनको योगदान गरिन् । विमला मलाहले ४ रन जोडिन् । सुदूरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् ।

त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन् भने कविता जोशीले २६ रन बनाइन् । रेवती धामीले २० तथा रूबी पोडारले २ रन बनाए । बलिङतर्फ कोशी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक/एक विकेट लिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर