सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि सकिएन बहस

काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस बिहीबार पनि सकिएन । बहस नसकिएपछि शुक्रबार पुनः बहस हुने गरी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरू गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *