गोकर्णेश्वरमा सडक स्तरोन्नतिको भुक्तानीका लागि घुस लिएकाे अभियाेगमा चार जनाविरूद्ध मुद्दा

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित राजाडिल सडकखण्ड स्तरोन्नतिको भुक्तानीका लागि घुस लिएको अभियोगमा चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

ठेक्कामा लगाएपश्चात् सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्नपछि उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएको अभियोगमा मुद्दा दर्ता भएको हो ।

यससम्बन्धी उजुरीका आधारमा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेमप्रसाद भण्डारी र सदस्य मोहनप्रसाद कुइँकेललाई एक लाख रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूले गोकर्णेश्वर नगरपालिकासँग गरेको सम्झौताविपरीत राजाडिल सडकखण्ड निर्माणको ठेक्का दिई निर्माण सम्पन्नपश्चात् नगरपालिकाबाट भुक्तानी लिएपछि सेवाग्राहीलाई कामको भुक्तानीका लागि घुस लिएको आरोप छ ।

उपभोक्ता समितिको नाममा बिचौलियाको भूमिकामा काम गरी सेवाग्राहीबाट घुस रकम आरोपित सुसान्त कुइँकेललाई लिन लगाएको आरोप छ । कुइँकेलविरूद्ध मतियारको भूमिका खेलेको आरोपमा मुद्दा दर्ता भएको हो ।

उपाभाेक्ता समितका पदािधकारीहरूविरूद्ध एक लाख र बिचाैलिया कुइँकेलविरूद्ध छुट्टै एक लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *