सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा उक्त मुद्दाको सुनुवाइ जारी छ ।

आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो ।

बिहीबार सापकोटा र ‘लिड लयर’ सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रेष्ठले नै बहसको सुरुवात गर्नेछन्। रमणपछि २ जना कानुन व्यवसायी रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन्। सन्दीपका पक्षका कानुन व्यवसायीको बहस सम्भवत: शुक्रबार सकिने छ।

सन्दीपका कानुन व्यवसायीको बहसपछि सरकारी पक्षले जवाफी बहस गर्नेछन्। जवाफी बहस सकिएपछि मात्रै अदालतले उक्त मुद्दामा निर्णय सुनाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *