भारतीय विदेशमन्त्री जयशंकर १९ पुसमा नेपाल आउने, यस्तो छ भ्रमण कार्यक्रम

भारतका विदेशमन्त्री डा. एस जयशंकर यही पुस १९ गते नेपाल आउने भएका छन्। पुस १९ र २० गते काठमाडौंमा हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उनको नेपाल आगमन मिति तय भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू पनि आउनेछन्।

भारतीय वायुसेनाको विशेष विमानमार्फत उनीहरू पुस १९ गते बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा आउन लागेका उनका भारतीय समकक्षी जयशंकरले नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागीसँगै मन्त्री साउदसँगसहित उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट पनि हुनेछ।

विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्नेसहितका केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर