एमालेले सरकारमा रहँदा काम गरेर देखाएको छ, स्पष्ट दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बतएका छन् ।

नेकपा (एमाले) चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताए ।

उनले एमालेले सरकारको नेतृत्व गरेको समयमा मदन भण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न सुरू गरेको, रेलमार्ग सुरू गरी जनकपुरसम्म रेल पु¥याएको उल्लेख गरे । ‘एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको उर्जा सञ्चार भएको थियो । विकासको लहर ल्याउने प्रयत्न गरेका थियौँ,’ उनले भने ।

एमाले नेपाली जनताको पार्टी भएको भन्दै उनले भने, ‘हाम्रो अभियान नेपालमा परिवर्तन ल्याउन र देशलाई समृद्ध बनाउनका लागि हो । जनतालाई सुखी बनाउन र जनताका समस्या समाधान गर्न हामी आन्दोलनका लागि तयार छौँ ।’

उनले आत्मविश्वासका साथ अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि उनको सुझाव थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर