उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रंकलाइन विवाद तत्काल समाधान गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबारबारदेखि चरिकोटमा सुरू भएको दोलखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरूको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्चस्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

समस्यामा रहेको मुलुकको अर्थतन्त्र बिस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरूबीच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने बताउँदै उनले यसको तत्काल समाधान गर्न जरूरी रहेको बताए ।

उनले उच्चस्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैंका लागि यस्ता किसिमका समस्याहरूको समाधान आउने पनि बताए ।
अहिले मुलुकको अर्थतन्त्र बिस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसका लागि सरकारलाई पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउनसमेत आग्रह गरे ।

निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरेकोप्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले आम निजी क्षेत्र र पब्लिकको कन्फिडेन्स बढाउन सहयोग पुगको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर