बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैन : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।

शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरूद्ध पार्दै सवारी साधनमा आगजनी गरेका थिए ।

मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुुरूमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनीसमेत गरेका थिए ।

मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रीय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताउँछन् । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरूलाई घटनाबारे जानकारी दिँदै उनले घटनाका सम्बन्धमा आफूलाई धेरै जानकारी नरहेको बताए ।

उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताए । गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ ।

मन्त्री ज्वालाले गाडीमा आगजनी भएको बाहेक अन्य घटनामा आफू जानकार नरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *