जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर

सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेको छ ।

सर्वोच्चले उत्प्रेषण आदेशद्वारा सरकारको निर्णय बदर गरेको हो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो ।

सरकारले २९ माघ, २०७९ मा फागुन १ गतेलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *