सेनाका दुई सहायक रथीको उपरथी र ८ महासेनानीको सहायक रथीमा बढुवा

सरकारले नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी पवन घिमिरे र चोकबहादुर ढकाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

उपरथीमा बढुवा भएका घिमिरे नेपाली सैनिक वार कलेज, नगरकोटमा र ढकाल लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत छन्।

यस्तै सरकारले ८ जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ।

कमल बानिया पिएचडी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारी  सहायक रथीमा बढुवा भएका हुन्।

*सच्चाइएकाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर