निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हितविपरीत हो : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हितविपरीत भएको बताएका छन्।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औं वार्षिकोत्सव (रजत) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुुन्।

उनले निजगढ विमानस्थल अहिले बनाउन नदिई विरोध गर्नेहरूले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताए। उनले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हितविपरीत हुने बताए।

उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताए। उनले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गरे।

उनले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *