ग्रह दोषअनुसार गर्नुहोस् यी वनस्पतिको पूजा, मिल्नेछ चमत्कारी फल

ज्योतिष शास्त्रअनुसार नवग्रहको शान्तिका लागि वनस्पतिकाे पनि महत्त्वपूर्ण भूमिका हुन्छ। यदि कुनै विशेष ग्रहले तपाईंलाई कष्ट दिइरहेको छ भने त्यस ग्रहको मनपर्ने वनस्पतिको पूजा गर्नुहोस्, त्यस नवग्रहको बीज मन्त्र जप गर्नुहोस्, तपाईंलाई त्यो ग्रहले राम्रो परिणाम दिन थाल्नेछ।

ग्रह दोषअनुसार कुन वनस्पतिको पूजा गर्ने?

सूर्य दोष : यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य दोष अर्थात् मूलांक संख्या १ छ भने उसले आक (मदार) को बिरूवाको पूजा गर्नुपर्छ । सूर्य भगवानको बीज मन्त्र जप गर्नुपर्छ।

चन्द्र दोष : मूलांक संख्या २ हुने व्यक्तिको कुण्डलीमा चन्द्र दोष हुन्छ। चन्द्रमाको कृपा प्राप्त गर्न शिवको पूजासँगै पलाशको बिरूवाको पनि पूजा गर्नुपर्छ । यसो गर्नाले चन्द्र दोष भएका व्यक्तिको मनमा शान्तिको अनुभूति हुन्छ।

मंगल दोष : मंगल दोष त्यस्ता व्यक्तिमा हुन्छ जसको मूलांक संख्या ९ हुन्छ। यस्ता व्यक्तिले बरगद वृक्षको पूजा गर्नुपर्छ। ११ मंगलबार यसको रूखमा जल चढाएर ५ पटक परिक्रमा गर्नुहोस्। तपाईको मंगल दोष कम हुनेछ।

बुध दोष : बुध दोष भएकाहरूले अपमार्गको बिरूवाको पूजा गर्नुपर्छ। बुधको बीज मन्त्र हरेक दिन ११ पटक जप गर्नुहोस्। ११ ब्राह्मणहरूलाई भोजन गराउनुहोस्।

गुरू दोष : गुरू दोष भएका व्यक्तिले पीपलको रूखको पूजा गर्नुपर्छ।

शुक्र दोष : शुक्र दोष भएका व्यक्तिले गुलररको बिरूवाको पूजा गर्नुपर्छ। यसका साथै ९० दिनसम्म मालाको जप गर्नुहोस्।

शनि दोष : शमीको रूखको पूजा गर्नुहोस्।

राहु दोष : राहु दोषबाट पीडित व्यक्तिले कुशको जरामा जल चढाएर पूजा गर्नुपर्छ । १८ हजार राहु बीज मन्त्रको जप गर्नुपर्छ ।

केतु दोष : केतु दोष भएका व्यक्तिले दुबोको पूजा गर्नुपर्छ। केतु बीज मन्त्र १०,००० पटक जप गर्नुहोस्।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर