प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम क्वालिफायरमा

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेश बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ ।

फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेल सोमबार हुनेछ । आजको खेलमा जितका लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १४ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । सुदूरपश्चिमको जितमा बिन्दु रावलले सर्वाधिक ५४ रनको योगदान गरिन् । उनी ४९ बलमा ७ चौकासहित ५४ रनमा अविजित रहिन् ।

त्यस्तै सम्झना खड्का १६ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । रूबि पोदार २२ बलमा २ चौकासहित १८ रनमा आउट भइन् । बागमतीका लागि मनीषा उपाध्यायले १ विकेट लिइन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिएको थियो ।

बागमतीका लागि कञ्चन श्रेष्ठले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३६ रनको योगदान दिइन् । त्यसैगरी हेलिसा गुरूङले १०, यशु पाण्डेले ७, सोनी पाख्रिनले १४, खुसी डङ्गोलले १० र मनीषा उपाध्यायले ८ रन बनाए ।

सुदूरपश्चिमकी करिष्मा थापाले ३ विकेट लिइन् भने लक्ष्मी साउद र ऋतु कनौजियाले समान दुई-दुई विकेट लिए । आजै भएको पहिलो क्वालिफायर खेलमा एपीएफ कोशी प्रदेशलाई ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर