प्रभु साहले बनाए ‘आइटी आर्मी’, रौतहटमा तालिम दिइदै

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले छुट्टै अर्धसैनिक बल निर्माण गरेको छ। आम जनता पार्टीको स्थापना दिवसका अवसरमा यही पुस १४ गते आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरु भएको सैनिक तालिम अहिले निरन्तर जारी छ।

सात दिन चल्ने उक्त तालिममा युवाहरु सहभागी छन्। रौतहटको मौलापुरमा जारी उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससम्म भइरहेको छ। आईटी आर्मीको प्रदेश अध्यक्षमा बालाशंकर कुशवाह रहेका छन् ।  पार्टीले सूचना प्रविधिको युगमा युवाहरुलाई आईटीसम्बन्धी तालिम अत्यावश्यक भएकाे तालिम दिइएकाे दाबी गरेकाे छ । उसले वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण भएकाे जनाएकाे हाे ।
आजपाले अहिलेको व्यवस्था असफल भइसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाउन तत्काल अन्तरिम सरकार गठनको माग गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *