गृहमन्त्रीकाे दाबी- प्रहरी संगठनभित्र सरूवा-बढुवामा पैसाको चलखेल शून्यमा झारियो

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएको दाबी गरेका छन्।

सोमबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनभित्र सरूवा-बढुवामा हुने पैसाको चलखेललाई शून्यमा झारिएको समेत दाबी गरे। गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरूले पैसाको चलखेल गरेर सरूवा-बढुवा गरेको सुन्ने अवस्था आफूले अन्त्य गरेको उनको भनाइ छ।

उपप्रधानमन्त्री श्रेष्ठले अबको ५० वर्षपछि छानबिन गरे पनि आफ्नो कार्यकालमा प्रहरीको सरूवा-बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले बिना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *